काठमाडौं - महानगर यातायात प्रा.लि.ले थप १६ वटा विद्युतीय वस सञ्चालनमा ल्याएको छ । बुधबार काठमाडौंमा शशिला मोटर्स प्रा.लि.ले महानगर यातायात प्रा.लि.लाई विद्युतीय बस हस्तान्तरण गरेको हो । ३३ सिट क्षमता भएको नयाँ विद्युतीय बस उभिएर यात्रा गर्ने यात्रुहरुका लागि पनि सहज डिजाइन गरिएको बताईएको छ । 

चीनबाट आयात गरेको उक्त बसमा १ सय ४४ किलोवाट क्षमताको सिएटिएल ब्याट्री प्रयोग भएको छ भने एक पटकको फूल चार्जमा २ सय किलोमिटर यात्रा तय गर्न सक्ने महानगर यातायातले जनाएको छ । 

नयाँ वसहरुको सेवा सुभारम्भ कार्यक्रममा महानगर यातायात प्रालिका सचिव केशव नेपालले अबका दिनमा विद्युतीय सवारी साधनको विकल्प नभएको भन्दै महानगर यातायातले यो सेवालाई थप विस्तार गर्दै लैजाने जानकारी दिए ।  महानगर यातायात प्रा.लि. ले २८ वटा सिटी बस र २४ वटा माइक्रो वस गरी ५२ वटा विद्युतीय सवारी संचालन गरिरहेको जानकारी दिएको छ ।