काठमाडौं - भारत भ्रमणमा रहेका रास्वपा सभापति रवि लामिछाने र भाजपा अध्यक्ष नितिन नविनबीच भेटवार्ता भएको छ । मंगलबार नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा दुई नेताबीच भेटवार्ता भएको हो ।
लामिछाने पाँच सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै सोमबार भारत प्रस्थान गरेका थिए । भेटवार्ताका क्रममा दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा कुराकानी भएको लामिछानेको सचिवालयले जनाएको छ ।
सो क्रममा सभापति लामिछानेले भाजपा कार्यालयको अवलोकन समेत गरेका थिए भने अन्य नेतासँग पनि छलफल गरेका थिए । भाजपा कार्यालय पुग्दा लामिछाने नेतृत्वको प्रतिनिधिमण्डललाई स्वागत गरिएको थियो ।


0 comment