काठमाडौं - सरकारले सशस्त्र प्रहरीको एआईजीमा अञ्जनी कुमार पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा पोखरेललाई एआईजीमा नियुक्त गर्ने निर्णय गरेको

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।  यस्तै बैठकले  भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय:

१.युनाइटेड नेसन इन्भाइरमेन्ट प्रोग्राम (यूएनडीपी) बाट वजन तहरूलाई हानी पुर्‍याउने पदार्थको व्यवस्थापन र न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकलको कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने ।

२.सशस्त्र प्रहरी नायब निरीक्षक श्री अञ्जनी कुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने ।

३.२०८२ साल भदौ २३ र २४ गतेको प्रदर्शनको क्रममा भएको घटनाको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेखित सुरक्षा संयन्त्रको हकमा अध्ययन गरी सिफारिस गर्न गठित अध्ययन समितिको कार्यअवधि ४५ दिन थप गर्ने ।

४.भूमि समस्या समाधान समितिको अध्यक्ष पदमा बलभद्र बास्कोटा, कास्की तथा सदस्य पदमा अमिर प्रसाद न्यौपाने, काठमाडौं र पद्मनिति सोतिल लमजुङ र डा. रोहना श्रेष्ठ, काठमाडौंलाई नियुक्त गर्ने ।