काठमाडौं - वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा जिल्ला अदालत पर्सामा बयान सकिएको छ । अहिले केहीबेरमै थुनछेक बहस सुरु हुने अदालतले जनाएको छ।

बहसपछि अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा तारेखमा छाड्नेबारे निर्णय गर्नेछ। अदालतको आदेशअनुसार प्रहरीले मंगलबार बिहान पर्साको ठोरीस्थित एक जंगल रिसोर्टबाट उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार सिंहमाथि नक्कली कागजात प्रयोग गरी अर्काकी छोरीलाई आफ्नै छोरीका रूपमा देखाएर नागरिकता तथा अन्य सरकारी कागजात बनाउन सहयोग गरेको आरोप छ। सोही विषयमा उनीविरुद्ध लिखतसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ।