काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सोमबार दिउँसो नयाँ दिल्ली पुगेका छन्।
पाँचदिने भारत भ्रमणका क्रममा त्यसतर्फ गएका लामिछानेलाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भाजपाका महासचिव अरुण सिंह र विदेश विभाग प्रमुख विजय चौथाइवालेले स्वागत गरेका थिए। लामिछाने भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष नीतिन नवीनको निमन्त्रणामा गएका हुन्।
भ्रमणका क्रममा लामिछानेले उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको जनाइएको छ । लामिछाने जेठ २२ गते स्वदेश फर्कने रास्वापाले जनाएको छ ।


0 comment