काठमाडौं - विपक्षी दलका सांसदहरुको लगातारको अवरोधपछि प्रतिनिधिसभाको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ ।

सोमबारको दोश्रो बैठकमा पनि  विपक्षी दलका सांसदहरूले नेपाल–भारत सीमाका विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै विरोध जनाए । सभामुख डीपी अर्यालले आजका लागि तय भएको सबै कार्यसूची हटाएर बैठक मंगलबार दिउँसो १ बजे सम्मका लागि स्थगित गरिएको जनाए ।

यसैबीच, संसद् बैठकमा अमर्यादित व्यवहार प्रदर्शन गर्ने सांसदहरूमाथि छानबिन समिति गठन गरिएको छ । सभामुख अर्यालले आइतबार बैठकमा सांसदहरुबाट भएको तोडफोड र अमर्यादित व्यवहारको छानबिनका लागि समिति गठन गरिएको बताए।