काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत गएका छन् । भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने आज दिउँसो भारत प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुलाई फर्केपछि मात्र कुरा गर्छु भनेर कुनै पनि प्रतिक्रिया दिएनन् । भारत भ्रमणको पूर्वसन्ध्यामा उनकै पार्टीका संसदीय दलका नेता तथा प्रधानमन्त्री वालेन्द्र शाहले भारतले मात्र होइन नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने कुराले लामिछाने केही तनाव भए जस्तो देखिन्थ्यो ।
सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् । रास्वपा प्रवक्ता मनिष झाका अनुसार रविले जेठ २२ गते स्वदेश फर्कने छन् ।


0 comment