काठमाडौं - प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद आशिका तामाङ निकै आक्रोशित थिइन् । प्रधानमन्त्री बालेन शाहले आकस्मिक रुपमा सदनमा उपस्थित भएर प्रश्नको जवाफ दिँदा पनि विपक्षी दलहरुले नियमापत्तीको विषय उठाएपछि उनी आक्रोशित देखिएकी हुन् ।
आक्रोशित रुपमा प्रस्तुत भएकी तामाङ र विपक्षी सांसदबीच हात हालाहाको स्थिति उत्पन्न हुन सक्ने अवस्था सिर्जना हुन थालेपछि उनकै पार्टीका सांसदहरुले बैठक कक्ष बाहिर लगेका छन् ।
उनी आफ्नो सिटबाट उठेर अघिल्लो लहरतर्फ अघि बढेपछि उनलाई रास्वपाकै सांसदहरु रञ्जु दर्शना, ज्वाला संग्रौला, भूमिका श्रेष्ठ लगायतले उनको हात समातेर बाहिर लगेका छन् ।


0 comment