काठमाडौ— ललितपुर महानगरपालिका वडा नं २२ र २८ मा सञ्चालित इँट्टा उद्योगमा रहेका गर्भवती महिला र किहोरीहरुलाई डिग्नीटी किट व्यक्तीगत स्वास्थ्य सरसफाइ सामग्री सहयोग भएको छ । उक्त सहयोग ललितपुर २२ नं. वडामा सञ्चालिन हिरा इँट्टा उद्योग, नेवा इँट्टा उद्योग, यूके इँट्टा उद्योग, ओमश्री इँट्टा उद्योग र वडा नं २८ मा सञ्चालित हारतीमाता इँट्टा उद्योगमा रहेका १ सय १४ जना गर्भवती महिला र किशोरीहरुले उक्त सामग्री प्राप्त गरेका हुन ।
उक्त सामग्री बाल विकास समाज र वल्र्ड भिजन इन्टरनेसनल नेपालको सहयोगमा वितरण गरिएको थियो । सहयोग गरिएको सामग्रीमा गर्भवती महिला तथा किशारीहरुका लागि आवश्यक सेनीटरी प्याड, नेलकटर, हात धुने सावुन लगायतका धेरै सामग्रीहरु रहेको गर्भवती महिला तथा किशोरीहरुले बताए । उद्योगमा काम धेरै हुने र कामको चापले गर्दा व्यक्तीगत सरसफाइमा ध्यान दिन नसकिरहेको अवस्थामा संस्थाले आवश्यक सामग्री उपलब्ध गराएकोमा धेरै सहभागीहरुले खुशी व्यक्त गरेका थिए । यस किसिमको सहयोगले उद्योगमा काम गर्ने मजदुरहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन सहयोग पुग्ने उद्योगीहरुको भनाइ थियो ।
विशेषगरी इँट्टा उद्योगको क्षेत्रलाई सरकारले पनि जोखियुक्त कार्यक्षेत्रको रुपमा वर्गीकरण गरेको र यसता क्षेत्रमा काम गर्ने मजदुरहरुको ध्यान स्वास्थ्यमा भन्दा पनि आफ्नो काममा बढी हुने हुनाले स्वास्थ्यको दृष्टीकोणले पनि जोखिम नै हुन्छन र गर्भवती महिला र किशोरीहरु त झनै जोखिममा हुन्छन त्यही भएर संस्थाको सानो प्रयासले यी सामग्री उपलब्ध गराउन सकिएको संस्थाका प्रतिनिधिले बताएका थिए । सामग्री वितरणमा कार्यक्रम उद्योगी, संस्थाका प्रतिनिधि कामदार तथा अन्य सरोकार राख्ने व्यक्तीगतहरु उपस्थिती रहेको थियो ।


0 comment