काठमाडौं - सडकको राष्ट्रव्यापी मर्मत अभियान सञ्चालन गर्न २८६ अर्ब ५२ करोड बजेट सरकारले छुट्याएको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सो जानकारी गराएका हुन् ।

अर्थमन्त्री वाग्लेले आगामी वर्षदेखि सहरी सडकको नियमित मर्मत गरेर खाल्डा मुक्त गरिने पनि बताए ।