काठमाडौं - मठमन्दिरमा आगो लगाइदिने भन्दै धार्मिक सद्भाव भड्काउने अभिव्यक्ति दिएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल काठमाडौंको बानियाँटार बस्ने २७ वर्षीय जनक परियारलाई पक्राउ गरिएको हो।

परियारलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता पवन भट्टराईले जानकारी दिए । केही दिनअघि परियारले त्यस खालको अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिलाई सामाजिक सञ्जालमा विभिन्न टिकाटिपणी भइरहेका थिए ।