काठमाडौं - यस वर्षको मनसुन अगावै पोखराका विभिन्न स्थानमा जमिन भासिन थालेको छ । शुक्रबार बिहान २ बजेतिर पोखरा महानगरपालिका वडा नं. ३ को नदीपुर क्षेत्रमा सडकसँगै एउटा घरको आगन र घरको भाग भासिएको छ ।
बिहानको समयमा अचानक जमिन भासिएर करिब १० मिटर जति भ्वाङ परेकोले त्यस क्षेत्रमा पोखराका लगि खानेपानी वितरणका लागि बिछ्र्याको पाईप समेत फुटेको हुँदा अझै खतरा बढेको स्थानीयको भनाई छ । सो क्षत्रमा पटक-पटक जमिन भासिने गर्दा स्थानीयहरु चिन्तित बनेका छन् ।
जमिन भासिएको क्षेत्रको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले अवलोकन गर्दै उक्त क्षेत्रमा थप क्षति हुन र विपद् जोखिम बढ्न सक्ने हुँदा आवश्यकता अनुसार प्राविधिकसँग सल्लाह गरी सो क्षेत्रलाई सुरक्षित बनाउनका लागी सम्बन्धित वडाका जनप्रतिनिधिहरुलाई सुझाव दिइन् ।


0 comment