काठमाडौँ —चन्द्रागिरि नगरपालिकाले आफ्नो योजनामा बालबालिकाको आवाज समेटनेगरी नगरस्तरको बालभेला सम्पन्न गरेको छ । बालभेला कार्यक्रममा बोल्दै नगरउप्रमुख बसन्ती श्रेष्ठले चन्द्रागिरि नगरपालिकालाई छिट्टै बालमैत्री नगर घोषणा गर्ने बताउनु भयो । नगरपालिकामा बालबालिकाको अधिकार संरक्षणका लागि धेरै कामहरु भएका र अझै नगरले योजनावद्ध रुपमा बालअधिकार प्रत्याभुत गर्ने अभियानमा लागिपरेको पनि उपप्रमुख श्रेष्ठले बताउनु भयो ।
बालअधिकारको बारेमा कुरा गर्दैगर्दा बालकर्तव्य पनि भुल्न नहुने उहाँको जिकिर थियो । बालबालिकालाई अधिकार र कतव्र्यको कुरा सँगसँगै लैजानुपर्नेमा उहाँको जोड थियो । बालमैत्रीका कुरा घरबाट नै लागू हुनुपर्ने अभिभावकले पनि आफ्ना नाननीबाबुहरुलाई बालमैत्री व्यवहार गर्न घरबाट नै सुरु गर्न उहाँले आग्रह गर्नु भएको थियो । बालबालिकालाई श्रममा हैन शिक्षामा भन्ने अभियान राष्ट्रव्यापी रुपमा तीनै तहका सरकारहरुले चलाउनुपर्ने भनाई उहाँको थियो ।
त्यसैगरी नगरपालिकाकी सामाजिक विकास शाखा प्रमुख रश्मी श्रेष्ठले बालबालिकामाथी प्राय जसो आफ्नै आफन्तबाट नै हिंसा र दुव्र्यहार हुने भएको हुनाले यसतर्फ अभिभावक सबैभन्दा धेरै चनाखो हुनुपर्ने कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाको १५ वटै वडाबाट बालक्लव बालक्लव सञ्जालका सबै पदाधिकारी सदस्यहरुलाई एकैठाउमा भेला गरी अव नगरपालिकामा बन्ने योजनाहरुमा बालबालिकाका कस्ता विषयलाई सम्बोधन गर्नुपर्दछ भन्ने कुरालाई विस्तृत रुपमा छलफल गरिएको थियो ।
बालबालिकाहरुलाई समुहगत रुपमा छलफल गराई आगामी आर्थिक वर्ष २०८३÷८४ मा चन्द्रगिरि नगरपालिकाले बनाउने योजनामा बालबालिकाको आवाजलाई समेटने गरी बालसवालहरु तयार गरिएको थियो । बालबालिकाहरुले समुहगत रुपमा तयार पारेको योजनालाई उपप्रमुख समक्ष कार्यक्रममै पेश समेत गरिएको थियो । विशेषगरी बालबालिकाले नगरभित्र बालउद्यानका, निमार्णदेखि परिवारतहबाट नै बालहिंसा अन्त्य गर्ने नीति नगरको हुनुपर्ने र नगरक्षेत्रभित्र बालबालिकाको लागि गुनासो सुन्ने संयन्त्र निमार्णका लगायतका विषय योजनामा समेटनुपर्ने भन्दै बालबालिकाले उपप्रमुखसमक्षा योजना पेश गरेका थिए ।
स्थानीय तहको योजना तर्जुमा गर्नुभन्दा अघि वडास्तरदेखि बालभेला गरी बालबालिकाको आवाजलाई नीति तथा कार्यक्रममा समेटनुपर्ने स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले नै व्यवस्था गरेको हुनाले धेरैजसो स्थानीय तहहरुले बालभेलाको आयोजना गर्दछन । कार्यक्रममा बाल विकास समाज र वल्र्डभिजन इन्टरनेसनल नेपालको सहयोग रहेको थियो भने बाल विकास समाज वल्र्डभिजन इन्टरनेसनल नेपालका प्रतिनिधि विद्यालयका शिक्षक नगरपालिकाका कर्मचारी लगायतका व्यक्तीहरुको बाक्लो सहभागिता रहेको थियो ।






0 comment