काठमाडौं - नेपाल धितोपत्र बोर्डको अध्यक्षमा तीनजनाको नाम सिफारिस गरिएको छ । छनोट सिफारिस समितिले तीनजनाको नाम अर्थ मन्त्रालयमा सिफारिस गरेको हो। 
समितिले सिफारिस गर्नुअघि उम्मेदवारहरुसँग छलफल गरिसकेको छ।  

स्रोतका अनुसार विनयदेव आचार्य, मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्टको नाम अध्यक्षका लागि सिफारिस गरिएको छ। आचार्य बोर्डकै कार्यकारी निर्देशक हुन् भने क्षेत्री र भट्ट दुवै नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन्। संक्षिप्त सूचीको पहिलो नम्बरमा रहेका बोर्डकै पूर्वकार्यकारी निर्देशक डा. नवराज अधिकारी भने सिफारिसमा परेका छैनन्।

आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका तीनजनामध्येबाट एकजनालाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने सम्भावना रहेको छ।   ४७ जनाले आवेदन दिएकोमा चार जनाको संक्षिप्त सूची निकालेर समितिले तीनजनाको मात्रै नाम अर्थ मन्त्रालयमा पठाएको छ।