काठमाडौं - एक नाइजेरियन युवतीलाई गर्भवती बनाएर फरार भएको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्की संसद बैठकमै उपस्थित छन्।
जनआस्था अनलाइनले उनको बारेमा समाचार प्रकाशित गरेपछि सांसदहरुले पनि यथार्त के हो भन्नेबारेमा जवाफ माग्दै आएका छन् । सभामुखले उनलाई आफूमाथि लागेको अभियोगको बारेमा स्पष्ट पार्न समय नदिँदा चासो झन् बढेको छ ।
फरार भनिएका सांसद कार्की बिहीबारको संसद बैठकमा सहभागी भएका छन् । उनले सञ्चारमाध्यममा उक्त घटनाबारे स्पष्टरुपमा बोलेका छैनन्।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित कार्कीले नाइजेरिया कि २६ वर्षीया युवती रिता अजुकोलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार जनआस्था डटकमले गत जेठ ४ गते प्रकाशित भएको थियो। यो खबर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।


0 comment