काठमाडौं - विकल्प नदिई उठिबास नलगाउन माग गर्दै मोरङका भूमिहीन सुकुम्बासीहरुले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । 

विराटनगरस्थित संसारी माइस्थानबाट सुरु भएको विरोध ¥यालीले नगरको विभिन्न भागको परिक्रमा पछि जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि पुगेर धर्नामा दिइएको थियो । भूमिहीन सुकुम्बासी संयुक्त संघर्ष समिति मोरङको आह्वानमा मोरङका विभिन्न पालिकाबाट जम्मा भएका सुकुम्बासीहरुले डोजर आतंकबन्द गर, विकल्प नदिई उठिबास लगाउन पाइदैन जस्ता नारा लगाएका थिए ।

धर्ना कार्यक्रममा सहभागिहरुले सुकुम्बासीहरुलाई बसोबासको व्यवस्था गर्नु सरकारको जिम्मेवारी र दायित्व भएको बताएका थिए । उनीहरुले डोजर आतंक बन्द गर्न आग्रह गर्दै अव्यवस्थित बसोबासीहरुलाई पनि उचित बसोबासको व्यवस्था मिलाउन माग गरेका थिए ।