काठमाडौं - सरकारले यात्रुवाहक सवारीसाधनको भाडा करिब १७ प्रतिशतले बढाएको छ। बुधबार बढाइएको गाडी भाडा विद्युतीय सवारीसाधनका हकमा भने लागु नहुने यातायात व्यवस्था विभागले स्पष्ट पारेको छ ।
सरकारको निर्णयअनुसार यात्रुवाहक सवारी साधनमा १६.७१ प्रतिशत भाडा समायोजन गरिएको छ । त्यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २१.६८ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा १५.७५ प्रतिशत भाडा समायोजन गरिएको छ ।
भाडा समायोजन गर्दा इन्धनको मूल्यमा आएको परिवर्तनलाई आधार मानिएको छ। छोटो दूरीको हकमा भने प्रदेश सरकारले भाडा दर तोक्ने छ ।


0 comment