काठमाडौं - पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।
गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा उनीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएको स्रोतले बताएको छ ।
देउवा दम्पत्ति हाल विदेशमा रहेकाले उनीहरुलाई पक्राउ गर्न सकिएको छैन । जेनजी आन्दोलनको क्रममा उनको घरमा आगजनी हुँदा पैसा समेत उडेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । यस्तै मुद्दामा पूर्वमन्त्री दीपक खड्का पनि प्रहरी हिरासतमा रहेका छन् ।
जेनजी आन्दोलनमा दमन गरेर बालबालिकाको हत्या गरेको अभियोगमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक अहिले प्रहरी हिरासतमा छन् । उनीहरु दुवैजनालाई अब म्याद नथप्न सर्वोच्चले परमादेश दिइसकेको छ । सरकारले उनीहरुविरुद्ध अन्य कुनै मुद्दा नलगाए उनीहरु भोलि धरौटीमा मुक्त हुने सम्भावना रहेको छ ।


0 comment