काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आज विदेशी राजदूतहरूसँग सामूहिक भेट गर्दैहुनुहन्छ ।

भेटवार्ता दिउँसो १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने बताईएको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालसहितको यो सामूहिक संवादले कूटनीतिक मर्यादाको नयाँ मापदण्ड सेट गर्ने बताईएको छ ।

भेटवार्तामा परराष्ट्र सचिव अमृतबहादुर राई लगायत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने बताइएको छ ।यसअघि प्रधानमन्त्री भए लगत्तै विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट्ने अभ्यास  थियो ।