काठमाडौं - पूर्वपत्नी तथा अभिनेत्री उषा खड्गीको उजुरीपछि सञ्चारकर्मी जीपी तिमल्सिना मंगलबार पक्राउ परेका छन् ।तिमल्सिना अभद्र व्यवहार र धम्कीको आरोपमा पक्राउ परेका हुन् ।
उषाले सोमबार भक्तपुर प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । जीपीविरुद्ध धम्की र कुटपिटको प्रयास गरेको आरोप पनि लगाइएको छ । उषाले १ चैत ७ मा फेसबुकमार्फत आफूलाई सुरक्षा चाहिएको बताउँदै फेसबुक स्टाटस लेखेकी थिइन् । २०७९ जेठ २६ गते उषा र जीपीबीच काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेद भइसकेको छ ।


0 comment