जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं. २९ सैनिक बस्ती स्थितमा लागू औषधको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र मातहत इलाका प्रहरी कार्यालय शिशुवा कास्कीबाट खटिएको प्रहरी टोलीले एक जनालाइ पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्ला पर्वत कुश्मा नगरपालिका वडा नं. १२ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा म.न.पा. २९ बस्ने वर्ष २६ की सिमा दर्जी रहेका छन।प्रहरीले उनको साथबाट लागू औषध डाइजापाम -१ एम्पुल, फेनेरागन - १ एम्पुल र ब्रुफिनुर्फिन - ६ एम्पुल गरी जम्मा ८ एम्पुल लागू औषध, मोवाईल थान-२ र नगद ४ लाख १ हजार रुपैया फेला परेको थियो। 

पक्राउ परेका दर्जी माथि सम्मानित कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कस्कीका प्रमुख निबिन कार्कीले जानकारी दिनु भयो।

 दर्जी  यस भन्दा अगाडी लागू औषध मुद्दामा पक्राउ परी कारागार कार्यालय कास्कीमा सजाय भुक्तान गरी रहेकीमा मिति २०८२।०५।२४ गतेको Gen-Z आन्दोलनमा कारागारबाट फरार रहेको खुल्न आएको छ।