काठमाडौं - जिल्ला अदालत काठमाडौंले सर्वोच्च अदालतका शाखा अधिकृत महिमान सिंह विष्टलाई लिखतसम्बन्धी कसुरमा दोषी ठहर गरेको छ।

विष्टले जारी गरेको फर्जी पत्रका आधारमा गत वर्ष वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी पक्राउ परेका थिए। आइतबार न्यायाधीश खिमानन्द भुषालको इजलासले दोषी ठहर गरेको हो।  कैद तथा जरिवानाका लागि अर्को सुनुवाई गर्न आदेश दिएको छ ।