काठमाडौं - करिब अन्दाजी ६० वर्ष उमेरका एकजना वृद्धको प्रहरीले उद्धार गरेको छ । चिया पसलमा पानी मागेर खाएपछि ती बृद्ध एकासी ढलेर टाउकामा चोट लागेको चिया पसलेले बताए । हेर्दा ती बृद्ध प्यारालाइसिस भएको देखिन्थे । होटेलमा चिया खान आएका ग्रहकले प्रहरीलाई खरब गरेपछि घटनास्थल कंलकीमा प्रहरी तत्काल पुगेको थियो । घटनास्थलमा पुगी प्रहरीले आफन्तको नम्बर पत्ता लगाई ती बृद्धका छोरा आएर छोराका साथमा प्रहरीले जिम्मा लगाएको थियो । ती वृद्ध घरबाट छलेर निस्कएको हुन सक्ने प्रहरीले बतायो ।



0 comment