मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका १० भुटनदेवी स्थितमा रहेको सोलिड्यारेटी मा.बि SEE परिक्षा केन्द्रमा अर्काको नामको प्रबेश पत्रमा आफ्नो फोटो राखी परिक्षा दिन आएको नक्कली परिक्षार्थी जिल्लावसिन्धुली मरिन गाउपालिका ४ घर भई हाल हेटौडा उपमहानगरपालिका ४ स्थितमा रहेको हेटौडा स्कुल अफ मेनेजमेन्ट कलेजमा कक्षा ११ मा अध्यनरत बर्ष १७/१८ को बिराज बि.क.लाई  पक्राउ गरेको हो।

बि.कलाइ नियन्त्रणमा लिई थप अनुसन्धान  गर्दा  निजले जिल्ला मकवानपुर हेटौडा उपमहानगरपालिका १२ पदमपोखरी बस्ने किशोर श्रेष्ठको छोरा बर्ष १९ को अंकिश श्रेष्ठको नामको प्रवेश पत्र लिई परिक्षा दिन आएकोले निजहरु दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको   जिल्ला प्तहरी कार्यालय मकवानपुरले जनाएको छ।