काठमाडौ :लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले लागुऔषध सहित एक जनालाइ पज्राउ गरेको छ। पक्राउ पर्नेमा 
जिल्ला नुवाकोट, ककनी गाउँपालिका ५ हिले घर भइ जिल्ला काठमाडौं, नागार्जुन नगरपालिका ३ सिता बाल विकास माध्यामिक विद्यालय नजिकै एक घरमा डेरा कोठा गरी बस्ने वर्ष २४ को सुनिल चिम्से भन्ने सुनिल गोले रहेका छन।

प्रहरीले गोलेको कोठा खानतलासी गर्दा फेला ४६८० क्याप्सुल ट्रामाडोल लगायतका लागु औषध परेको थियो। .    ट्रामाडोल ४,६८० क्याप्सुल ,नाइट्राजेपाम १४५ ट्याबलेट ,डाइजापाम ६० एम्पुल ,फेनार्गन ५८ एम्पुल ,नुर्फिन ५८ एम्पुल ,विभिन्न कम्पनीको मोबाइल ३ थान ,नगद रु.१७ हजार३ सय रुपैय सहित नियन्त्रणमा लिइ प्रहरी वृत्त स्वयम्भूबाट थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता तथा सुचनाअधिकारी पवन कुमार भट्टराइले जानकारी दिनु भयो।