सुर्खेत प्रहरीले लागू औषध खैरो हेरोइन सहित एक जनालाइ पक्राउ गरेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत, जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागुऔषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलिले जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका ११ गणेशपुर टोल बस्ने बर्ष २८ को बिजय वलीलाई प्रहरीले पज्राउ गरेको हो।
आफ्नै घरमा शकास्पद तरिकाले बसिरहेको अबस्थामा शंका लागी प्रहरीले चेकजाँच गर्दा निजको साथबाट नापतौल नभएको लागुऔषध ब्राउन सुगर खैरो धुलो पदार्थ २ पुडिया ठुलो र ४ पुडिया सानो गरी जम्मा ६ पुडिया सहित अ २ ग्राम लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेका वली माथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख सुधिर राज शाहीले जानकारी दिनु भयो ।

.jpg)
0 comment