काठमाण्डौं: प्रहरी वृत्त सातदोबाटोमा जवरजस्ती करणी मुद्धा दर्ता भई प्रकाउ पूर्जी समेत जारी भएका र पिडित समेत केही दिन देखि काठमाण्डौं माइती घरमा आमरण अनशनमा रहेकी जबरजस्ती करणी मुद्धामा फरार रहेका जिल्ला मुगु सोरु गाउपालिका वडा नं. १० धैनकोट स्थायी घर भई जिल्ला काठमाण्डौं चन्द्रागिरी नगरपालिका वडा नं.७ बस्ने वर्ष ५२ का कर्ण बहादुर मल्ललाई जिल्ला प्रहरी परिसर ललितपुर तथा प्रहरी वृत्त सातदोबाटोबाट खटीएको प्रहरी टोलिले जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं.१५ बाट पक्राउ गरी प्रहरी वृत्त सातदोबाटोमा ल्याई थप अनुसन्धान भई रहेको ।
त्यसैगरी २०७७ साल चैत्र १२ गते सम्मानित ललितपुर जिल्ला अदालतको फैसला बमोजिम फरार रहेका जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी जिल्ला रामेछाप दोरम्बा गाउपालिका वडा नं ५ घर भएका वर्ष ३१ को अनुप श्रेष्ठलाई पक्राउ गरेको छ।
प्रतिबादी श्रेष्ठ हाल जिल्ला झापा भद्रपुर वडा नं.८ स्थितमा लुकिछिपी बसिरहेको भन्ने सूचनाको आधारमा यस जिल्ला प्रहरी परिसर ललितपुर मातहत प्रहरी वृत्त सातदोबाटोबाट प्र.नि. को कमाण्डमा टोली खटिगई निज फरार प्रतिवादीलाई जिल्ला झापा भद्रपुर नगरपालिका वडा नं.८ बाट पक्राउ गरी ल्याई जबरजस्ती करणी मुद्दामा थप अनुसन्धान भईरहेको ।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं सुचना अधिकारी गौतम मिश्रले जानकारी दिनु भयो।

.jpg)

0 comment