ललितपुर प्रहरीले २१ जना जुवाडेलाइ पक्राउ गरेको छ। जिल्ला ललितपुर महालक्ष्मी नगरपालिका वडा नम्बर ०७ चांगाथली स्थित रहेको Green City Villa अपार्टमेन्ट भाडामा लिएर कौडा तथा जुवातास खेल्ने तथा खेलाउने गरेको भन्ने विशेष सूचनाको आधारमा  प्रहरी वृत सातदोबाटो बाट खटि गएको प्रहरी टोलिले छपा मारेको थियो ।

प्रहरीले छापा मार्दा  जिल्ला सिन्धुपाल्चोक घर भएका बर्ष ३२ को दिपक बोहोराले संचालन गरेको Green City Villa को दोस्रो तलामा मोहन कृष्ण शाहीले अपार्टमेन्ट भाडामा लिई कौडा खेली तथा खेलाईरहेको फेला परेको थियो।

 प्रहरीले नगद रु. ९ लाख ७ लाख ९ सय ७५ रुपैया ,३९ बुक तास साथै १६ थान कौडा पनि बरामद गरेको छ।
जुवा खेली रहेको अवस्थामा  २१ जना जुवाडेलाइ नगद तथा  प्रमाण सहित बरामद गरी प्रहरी वृत्त सातदोबाटो ल्याई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरीसर ललितपुरका प्रवक्ता एवं सुचना अधिकारी गौतम मिश्रले जानकारी दिनु भयो।