काठमाडौं:छहरे टोखा सडकखण्ड अन्तर्गत काफलडाँडामा बिहीबार दिउँसो एक इभी (विद्युतीय) गाडी दुर्घटनामा परेको छ।

शिवपुरी-८ काफलडाँडामा भएको उक्त दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । चीनबाट भन्सार पास गरेर काठमाडौं ल्याउँदै गरेको इभी सो स्थानमा दुर्घटनामा परेको छहरे अस्थायी प्रहरी पोस्टले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।