काठमाडौं - श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफूलाई रास्वपाकी समर्थकले ज्यानमार्ने धम्की दिएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् ।

सुनीता खड्का नाम गरेका व्यक्तिले टिकटकमा ज्यान मार्ने र घर जलाउने धम्की दिएको भन्दै उनले सोमबार  साइबर ब्युरोमा उजुरी दिएका हुन्। उनलाई पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही गर्न अनुरोध गरेका छन्।

‘मलाई रास्वपाका समर्थक सुनीता खड्का नामकी व्यक्तिले टिकटकमा ज्यान मार्ने र मेरो घर जलाउने सम्मको धम्की आमसंचारमा दिँदै अत्यन्तै पाशविक शैलीमा गालीगलौज गरेको घटनाप्रति ब्युरोको ध्यानाकर्षण गराउँदै उनले  उजुरीमा भनेका छन्, ‘ ती युवतीलाई तुरून्तै पक्राउ गरी कडाभन्दा कडा कानुनी कारबाही चलाउन अनुरोध गर्दछु ।’