काठमाडौं - काठमाडौंको कमलादी स्थित एक भवनमा आगलागी भएको छ ।अहिले आगो निभाउने प्रयास भइरहेको छ ।
आगलागीको कारण खुल्न सकेको छैन ।
आज दिउँसो कमलादीमा रहेको थकाली भान्साघर रहेको भवनमा आगलागी भएको हो ।
आगो निभाउन दमकलसहित सुरक्षाकर्मी पुगेर आगो निभाउने काम जारी छ ।


0 comment