काठमाडौं - पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ ।
भक्तपुरको गुण्डुस्थित ओली निवासबाट ओलीलाई र कटुन्जेस्थित लेखक निवासबाट लेखकलाई आजै बिहान प्रहरीले पक्राउ गरेर अहिले दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा राखिएको छ ।
स्वास्थ्य परीक्षणको तयारी गरिएको प्रहरीले जनाएको छ । स्वास्थ्य परीक्षण नियमित प्रक्रिया हो । स्वास्थ्य परीक्षण गरेपछि उनीहरु दुबै जनालाई आज प्रहरीले हिरासत राख्न सक्नेछ ।
आज शनिबार सार्वजनिक बिदा भएकाले उनीहरुलाई म्याद थपका लागि सरकारी वकिल कार्यालयमार्फत अदालत उपस्थित गराउन सम्भव छैन । त्यसैले उनीहरु दुबै जना आज हिरासतमा रहने सम्भावना छ ।
अहिले परिसर काठमाडौंमा रहेका ओली लेखक दुबै जनाले कानूनी परामर्श अघि बढाएका छन् ।
दुवैजनामाथि गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनमा हेलचेक्र्याई गरी ज्यान मारेको अभियोग छ । मुलुकी अपराध संहिताका २८१, २८२ र २८३ लाई कोट गर्दै प्रहरीले पक्राउ परेको छ ।
उक्त दफामा ‘हेलचेर्क्याइँ गरी ज्यान मार्न नहुने’ भन्ने व्यवस्था छ ।
२३ २४ भदौको घटनामा जाँचबुझ गर्न गठित गौरी बहादुर कार्की आयोगले कारबाही सिफारिस गरेको थियो ।
त्यसपछि नवगठित सरकारको शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले उक्त प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो । आन्दोलनका बेला ओली प्रधानमन्त्री र लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए ।


0 comment