काठमाडौं - मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लप्चीमा सकुशल भेटिएको छ । शुक्रबार दिउँसोदेखि सम्पर्कविहीन बनेको हेलिकप्टर लप्ची गुम्बानजिकैको चौरमा अवतरण भएको अवस्थामा भेटिएको दोलखाका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । मौसम खराबीका कारण हेलिकप्टर लप्चीमा आकस्मिक अवतरण गरिएको थियो
काठमाडौंबाट जलविद्युत आयोजनाका कर्मचारी लिएर गएको हेलिकोप्टरमा चालक दलका सदस्यसहित पाँचजना सवार थिए ।खराब मौसमका कारण हेलिकप्टर सिधैं लप्ची क्षेत्रमा गएको थियो ।त्यसपछि हेलिकप्टर सम्पर्कविहीन बनेको थियो ।


0 comment