काठमाडौं- नवगठित सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।  सुरक्षा निकायको हकमा थप अध्ययन समिति गठन गरी त्यसले भने अनुसार र बाँकीको हकमा तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।