काठमाडौं - नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने पनि निर्णय गरेको छ ।

यस्तै बैठकले शासनकीय सुधारका लागि १०० वटा कार्य स्वीकृत गर्ने, सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने,सरकारको प्रवक्तामा शिक्षा मन्त्रीलाई तोक्ने, जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।