काठमाडौं - नवनियुक्त प्रधानमन्त्री बालेन शाहले शपथ ग्रहण गरेका छन् । उनले राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलबाट निर्धारित १२:३४ बजेको समयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभा सदस्य शाहलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन्।
बालेन गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा झापा- ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनले पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई झन्डै ५० हजार मतान्तरले पराजित गरेका हुन्।


0 comment