करोडौं ठगेर भागेका दुई जनालाई प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी आरोपका दुई जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेहरुमा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-२ शिवचोक घर भई हाल काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने ५८ वर्षीय कृष्ण प्रसाद दंगाल र चितवनको खैरानी नगरपालिका-१० घर भएकी २८ वर्षीया सरिता गुनी रहेका छन्। 

नियन्त्रणमा लिइएकामा बताइएअनुसार उनीहरुले हरेराम साहबाट ५ करोड ७० लाख रुपैयाँ ठगी गरेका थिए। दुवै विरुद्ध जिल्ला अदालत धनुषाबाट पक्राउ अनुमती जारी भएको थियो।
दुवैलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा पठाइएको छ।