काठमाडौ: गरगहना तथा मोबाइल चोरी र गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा ,जिल्ला काठमाडौँ, चन्द्रागिरि नगरपालिका १५ तिनथाना स्थित एक घरबाट १.५ तोलाको सुनको सिक्री, १ तोलाको औंठी, आधा तोलाको झुम्का १ जोर, आधा तोलाको माईली तिलहरी, मोबाइल थान २ र नगद रू.५ हजार चोरी भएको भनी पिडितले प्रहरीमा उजुरि गरे पछि प्रहरीले चोरी गर्नेहरुको खोजी सुरु गरेको थियो ।
प्रहरीले घटनाकोअनुसन्धान तथा खोजतलास गर्दा उक्त चोरी तथा सुनका गरगहनाको स्वरूप परिवर्तन गर्ने अपराधमा संलग्न निम्न ५ जनालाई चोरी गरेका मोबाइल थान २, सुनका गरगहना पगाली गलाइ राखेको अवस्थामा रहेको सुन २३.३० ग्राम र चोरीमा प्रयोग भएको बा ६६ प १७६६ नं. को मोटरसाइकल बरामद गरेको छ।
जिल्ला काठमाडौं, काठमाडौं महानगरपालिका २६ स्थितौउ बागमती ड्राईभिङ सेन्टर अगाडिबाट नियन्त्रणमा लिइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भट्टराइले जानकारी दिनु भयो ।


0 comment