काठमाडौं: काठमाडौं महानगरपालिका १६ बालाजु गंगाजमुना मार्ग स्थितमा रहेको आदित्य मण्डल नाम बताउने व्यक्तिको कोठा भित्र रहेका जिल्ला सिन्धुली, दुधौली नगरपालिका ५ घर भएको वर्ष ४१ को उत्तर बहादुर कार्की भन्ने शम्भु कार्की र भारत देश सितामडी घर भएको वर्ष २७ को जितु कुमार राय  नाम बताउने व्यक्तिहरूलाई शङ्कास्पद अवस्थामा फेला पारी निजहरूको शरीर तथा उक्त कोठा भित्र तलासी लिदा लागु औषध खैरो हेरोइन १८ ग्राम, मोबाइल थान ३, नेपाली नगद रु.५६ हजार ८ सय ९५ रुपैयाँ र भारतीय रकम रु.२ हजार ८ सयसहित नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाइ काठमाडौं जिल्ला अदालतबाट दिन ६ को म्याद थप अनुमति प्राप्त भइ प्रहरी वृत्त लैनचौरबाट अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका प्रबक्ता पवन कुमार भटटराइले बताउनु भयो। 

साथै, यस पूर्व समेत निज शम्भु कार्की विरुद्ध २०७०।०९।३० गते डाँका र २०७७।०५।०४ गते हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा मुद्दा दर्ता भएको देखिएको पनि प्रहरीले जानकारी दिएको छ।