सुनको बिस्कुट आकारको सुन जस्तो देखिने पहेंलो धातु देखाई बिल नभएको र रकमको एकदमै आवश्यक परेको भनि ललाई फकाई उक्त सुन जस्तो देखिने धातु दिई गरी रु.१४ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाइ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्ला सिन्धुली, हरिहरपुरगढी गाउँपालिका ७ घर भएको वर्ष ३८ को विजय लामा मोक्तान भन्ने धन बिर वाईबा रहेकाछ्न।
पिडितले दिएको निवेदनका आधारमा अनुसन्धान तथा खोजतलास गर्दा जिल्ला काठमाडौं, टोखा नगरपालिका ९ शिवमन्दिर स्थित रहेको एक होटलको कोठाबाट वाइबालाई पक्राउ गरेको हो।
प्रहरीले वाइबाले झोला भित्र लुकाई छिपाई गरी राखेको पहेँलो रङको बिष्कुट आकारको ५ सय ४७ दशमलब ६९० ग्रामको सुन जस्तो देखिने पहेंलो धातु, बिल थान १, चेकबुक थान १, राहदानी थान १, मोबाइल थान ३, सुनको मुन्द्रा थान १ र नगद रु.१ हजार २० रुपैयाँ बरामद गरेको छ।
पक्राउ परेका वाइबालाइ काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिइ प्रहरी वृत्त थानकोटबाट थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो।


0 comment