प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आज राष्ट्रपति कार्यालय शीतल निवासमा सांसद केसीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पदको शपथ ग्रहण गराएका हुन् ।

ज्येष्ठ सदस्य के सीले भोलि बाँकी २७४ सांसदलाई शपथ गराउने कार्यक्रम छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित सदस्यमध्ये के सी सबैभन्दा पाका सदस्य भएकोले उनले अन्य सांसदलाई शपथ गराउदैछन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक निर्वाचन प्रणालीबाट एक सय १० जना निर्वाचित भएका छन् ।

सांसद केसी काँग्रेसबाट समानुपातिक निर्वाचन प्रणालीका माध्यमबाट निर्वाचित भएका हुन् ।