धादिङको नीलकण्ठ नगरपालिका–१३, सांकोषकी १८ वर्षीया मिरा आचार्यको धादिङ अस्पतालमा उपचारका क्रममा ज्यान गएको छ। आइतबार बिहान करिब पौने ४ बजे ज्वरो आएपछि अस्पताल ल्याइएकी आचार्यको उपचारकै क्रममा मृ'त्यु भएको हो। मृ'तकका आफन्तहरूले अस्पतालको लाप'रबाहीका कारण ज्यान गएको आ'रोप लगाएका छन्।

उनीहरूका अनुसार सामान्य ज्वरो लिएर अस्पताल पुगेकी आचार्यलाई समयमै उचित उपचार नदिँदा अवस्था ज'टिल बनेको थियो। घ'टनापछि पी'डित पक्ष र अस्पताल प्रशासनबीच छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएपछि वि'वाद अझै जारी रहेको छ। दुवै पक्षबीच पुनः छलफल गर्ने सहमति भएको बताइएको छ। यस घटनाले स्थानीय स्तरमा आ'क्रोश बढाएको छ भने स्वास्थ्य सेवाको गुणस्तरमाथि पनि प्रश्न उठेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।