काठमाडौं - विराटनगरमा बर्ड फ्लु देखिएका ६ हजार कुखुरा नष्ट गरिएको छ। विराटनगर महानगर पशुपन्छी विकास शाखा प्रमुख हिरालाल यादवका अनुसार दुई वटा भौतिक संरचनामा सञ्चालनमा रहेका कुखुरा सबै नष्ट गरिएको हो।
विगत ६ वर्षदेखि सञ्चालनमा रहेको फार्ममा बर्ड फ्लुका कारण १ करोड रुपैयाँभन्दा माथिको क्षति भएको सञ्चालक बोधराज दाहालले बताए। फार्ममा रहेका अण्डा, कुखुराको दाना लगायत सबै सामग्री नष्ट गरिएको छ।सञ्चालक दाहालले करोडौंको क्षति हुँदा सडकमा आउनु परेको गुनासो गरे।


0 comment