काठमाडौं - गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रिचन्द्र कलेजका विद्यार्थीले प्रदर्शन गरेका छन् ।

सुशीला कार्की सरकारले नै कार्की प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरूले हस्ताक्षरसहित आज प्रदर्शन गरेका हुन् ।  जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानबिनका लागि गठित आयोगबाट प्रतिवेदन प्राप्त भएको लामो समय भईसक्दा पनि सार्वजनिक नगरेपछि विद्यार्थीहरुले आज प्रदर्शन गरेका छन् ।

सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भएको उनीहरूले आरोप लगाएका छन्  ।  

कार्की आयोगको प्रतिवेदन छिटो सार्वजनिक गर्न माग गर्दै केही जेन्जी समुहले केही दिनदेखि माईतीघर मण्डला लगायत सडकाम  प्रदर्शन जारी राखेका छन् ।