काठमाडौं - प्रतिनिधिसभामा निर्वाचित ज्येष्ठ सदस्य एवं नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीको शपथग्रहण भोलि (सोमबार) हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल शीतल निवासमा भोलि बिहान सवा ११ बजे केसीको केसीलाई पद तथा गोपनीयताको शपथ गराउने छन ।
राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिएपछि उनले अरू सदस्यलाई शपथ गराउने छन्। नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथको कार्यक्रम चैत १२ गते दिउँसो २ बजे राखिएको छ । प्रतिनिधिसभाबाट सभामुख निर्वाचित नहुँदासम्म केसीको अध्यक्षतामा सभा सञ्चालन हुनेछ।


0 comment