काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपाेखरीका प्रमुख एआइजी ईश्वर कार्कीले सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनकाे निरीक्षण गरेका छन् ।
उक्त निरीक्षणको क्रममा डिआइजी ओेम अधिकारी, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख नवराज अधिकारीसहित पुगेका एआइजी कार्कीले अस्थायी रूपमा तयार गरिएकाे बहुउद्देश्यीय हलकाे अवलोकन गर्दै सुरक्षा चुस्त बनाउन मातहतलाई निर्देशन दिएका हुन् ।


0 comment