प्रहरी प्रभाग नागढुङ्गाका प्रमुख, प्रहरी निरीक्षक अजय जङ्ग थापा २०८२ साल फागुन महिनाको ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्। उनलाई जिल्ला प्रहरी परिसरले फागुन महिनाको उत्कृष्ट प्रहरी घोषित गरेको हो।

अपराध अनुसन्धान र नियन्त्रणमा देखाएको व्यावसायिक दक्षता तथा कर्तव्यनिष्ठाको कदर गर्दै उनलाई सम्मानित गरियो। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाले प्रशंसा पत्र प्रदान गरे ।