काठमाडौं: जिल्ला प्रहरी परिसर काठमाडौ काठमाडौक्प टोलिले चोरीको सुन चाँदीका गरगहना, नगद लगायत धारिलो हतियार सहित २ जना नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरुमा जिल्ला काठमाडौं, बूढानीलकण्ठ नगरपालिका २ घर भएको वर्ष २३ को उपेन्द्र खत्री
जिल्ला कैलाली, गौरीगंगा नगरपालिका २ घर भएको वर्ष २६ को निरज सापकोटा रहेका छन।
काठमाडौं महानगरपालिका ५ कालोपुल लामा गल्ली स्थित एक घरमा कोठा डेरा गरी बस्ने व्यक्तिको डेरा कोठामा काठको दराज भित्र रहेको अन्दाजी २६ तोला ८ आना बराबरको सुनका गरगहना, ३३ हजार मूल्य बराबरको चाँदीका गहना तथा सामाग्री र भारतिय रुपैया १० हजार तथा नेपाली रुपैयाँ रु.४५ हजार चोरी भएको भन्ने जानकारी प्राप्त भए पछि प्रहरी खटिएको थियो ।
प्रहरीले पक्राउ परेका ब्यक्तिहरुको कोठाबाट सुनको तिलहरी थान - ३
सुनको सिक्री थान - १
सुनको नेक्लेस थान - १
सुनको बाला थान - ३
सुनको कानमा लगाउने झुम्का १ जोर
सुनको नौगेडीमा प्रयोग हुने गोटी थान - ८
सुनको जन्तर थान - १
सुनको स-साना टुक्रा थान - २५
सुनको नाकमा लगाउने फुली थान - १
चाँदीको बाला थान - २
चाँदीको सानो थाली थान - १
चाँदीको पाउजु १ जोर
चाँदीको पत्थर नभएको औंठी थान - १
चाँदीको पत्थर भएको औंठी थान - १
धातुको चुरा थान - २
धारिलो हतियार खुकुरी थान - १
फलामको रड थान - २
बिंड सहित २.८ फिट लम्बाइ भएको तरबार थान - १
नेपाली रु.१०००।- दरको नोट थान २४९ गरी जम्मा
रु.२,४९,०००।- (अक्षरेपि दुई लाख उनन्चास हजार)
चोरी गर्दा प्रयोग भएको होण्डा कम्पनीको स्कुटर - १
बरामद गरेको छ।
प्रहरी टोलीले उक्त चोरीको घटनामा संलग्न निम्न दुई जनालाई चोरीका सामानहरू सहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौका प्रबक्ता पवन कुमार भटटराइले जानकारी दिनु भयो ।


0 comment