सुर्खेतको गुर्भाकोट नगरपालिका–६, बडाखोली स्थायी घर भएकी १७ वर्षीया इनिसा बि.क. बलत्कार पछि हत्या भएको १५ दिन बित्दा पनि प्रहरी प्रशासनले निष्पक्ष  छानबिन नगरी राजनैतिक दबाबमा आरोपिहरुलाइ उन्मुक्ती दिने ओरयास भैरहेको भन्दै चर्को बिरोध गर्दै आइरहेको छ। पिडितका आफन्तहरुले काठमाडौको माइतिघर मण्डलामा दैनिक शान्तिपुर्ण बिरोध प्र्दर्शन गर्दै आइरहेका छन।

पिडित पक्षले आरोपिहरुलाइ नाबालक भन्दै उन्मुक्ती दिने चखेल भैरहेको बताएका छन। पिडक पक्षले जातिय विभेद गर्दै गर्दा समेत प्रहरी प्रशासन मुकदर्शक बनी रहेकोमा घोर भत्सर्ना गरेको  छ।

माइतिघर मण्डलामा  इनिशा बिक साथै देबि सारा खत्री र रश्मिका परियारको  बलत्कार पछि भएको हत्याको छानबिन नभएको भन्दै पिडित परिवार तथा आफ्न्तहरु निष्पकक्ष छानबिन गरि दोषि माथी कारवाहिको माग गर्दै धर्ना दिदै आइरहेका छन।

 यता बलत्कार पछि हत्या गरिएकी रश्मिका परियार कि नन्द चेतना परियार आफ्नी भाउजू रश्मिका परियारको बलत्कार पछि हत्या गरिएको र प्रहरीले घटनामा चासो नदेखाएको बताएको छ।

पक्राउ परेकाहरु र मृतक सबै नाबालिग भएको प्रहरी बताउदै आइरहेको छ भने। पिडित पक्षले बलत्कारी भनेको बलत्कारी नै हो त्यो चाहे नाबालिग होस या बयस्क कानु बमोजिम सजाय पाउनु पर्ने बताउछन।