मकवानपुर: इलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोली गस्ती गर्दै जाने क्रममा जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं.७ मनकामना सामुदायिक वन स्थित रुपाचुरी-मनहरी कच्ची सडक बाटोमा  शकास्पद रूपमा हिडिरहेका एकजनालाइ नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिएका जिल्ला मकवानपुर मनहरी गाउँपालिका वडा नं. ६ रुपाचुरी बस्ने बर्ष ३२ को देबचन्द्र घलानलाइ  खानतलासी गर्दा निजको साथबाट प्रतिबन्धित लागु औषध अफिम बरामद गरेको छ।

 तिन ओटा पोकामा क्रमश तौल गर्दा ३ किलो ४७८ ग्राम  फेला परेको हो। उक्त लागु औषध बरामद गरि निज देबचन्द्र घलानमाथि सम्मानित मकवानपुर जिल्ला अदालत हेटौंडाबाट लागु औषध सम्बन्धि कसुरमा म्याद अनुमति लिइ थप अनुसन्धान कार्य भइ रहेको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।